२०८२ असार १७ गते मङ्गलवार / Jul 01 , 2025 , Tuesday
२०८२ असार १७ गते मङ्गलवार
Ads

पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा दर्ता

shivam cement
मध्यान्ह
२०८२ असार १६ गते १८:३३
पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा दर्ता

काठमाडौं : पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पाठकविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ को (१) बमोजिम सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।

मुद्दा सोमबार दर्ता भएको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्लेले पुष्टि गरे ।
पाठकविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ (१) अनुसार सजाय दाबी गरिएको छ । उक्त दफा अनुसार, एक लाख रुपैयासम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

जेठ २८ गते पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरले हिल्टन होटल खरिद गर्न लागेको भिडियो सामग्री प्रसारण गरेका थिए । युट्युबाट सार्वजनिक गरिएको भिडियो आधारहीन रहेको दाबीसहित जयवीरका तर्फबाट उजुरी परेपछि साइबर ब्युरोले अदालतबाट पक्राउ पुर्जी लिएको थियो । असार ५ गते उच्च अदालत पाटनले पत्रकार पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो । त्यही कारण पाठकलाई पक्राउ नगरी मुद्दा दायर गरिएको हो ।
 

ADV

सम्बन्धित खबर

Advertise