२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कर्णालीको नीति तथा कार्यक्रम : सुर्खेत विमानस्थललाई विस्तार र थप पूर्वाधार विकास गरिने

ADV
कुलेन्द्र शाही
२०८१ जेठ २३ गते १६:१३
कर्णालीको नीति तथा कार्यक्रम : सुर्खेत विमानस्थललाई विस्तार र थप पूर्वाधार विकास गरिने

सुर्खेत : सुर्खेत विमानस्थललाई गुणस्तरीय र प्रभावकारी बनाउन विमानस्थल विस्तार र थप पूर्वाधार विकास गरिने भएको छ । बुधबार प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुराको जानकारी गराएका हुन् ।

उनले संघीय सरकारसँगको सहकार्यमा सुर्खेत विमानस्थललाई गुणस्तरीय र प्रभावकारी बनाउन विमानस्थल विस्तार र थप पूर्वाधार विकास गरिने जानकारी दिए । 

यस्तै प्रदेशभित्रको हवाई क्षेत्रलाई भरपर्दो, सुलभ र सहज बनाउन सुर्खेत विमानस्थललाई केन्द्र बनाएर प्रदेशभित्र र अन्य प्रदेशका विमानस्थलमा समेत हवाई उडान नियमित गर्न पहल गरिने उनले बताए । यसका लागि हवाई सेवा प्रदायकहरुलाई आवश्यकता अनुसार सहुलियत प्रदान गरिने, सुर्खेतको बुलबुलेतालबाट काँक्रेबिहार हुँदै निकाससम्म जलबिहारसहितको बहुउद्देश्य परियोजनाको सम्भाव्यताको अध्ययन गरिने भएको छ ।

कृषि जैविक विविधता संरक्षण र प्रवर्द्धन गर्न सम्भाव्यताका आधारमा डोल्पामा मौरी विकास, दैलेखमा बाख्रा विकास र सल्यानमा सुन्तला जात फलफूल विकास फार्म तथा केन्द्रको स्थापना गरिने उनले बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise