२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

नबिल बैंक ४१औं वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता

Nada
२०८१ असार २८ गते २१:४१
Shares
नबिल बैंक ४१औं वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता

काठमाडौं : नबिल बैंकले आफ्नो स्थापनाको ४०औं वार्षिकोत्सव मनाएको छ । दिगो विकासमा बैकिङको भुमिका भन्ने विषयमा छलफल गरिएको थियो ।

ncell

कार्यक्रममा बैंकका अध्यक्ष पौड्यालले पछिल्लो समय बैंक दिगो विकासमा केन्द्रित गरेको उल्लेख गर्दै कार्यक्रम र सेवा प्रवाहलाई सोही अनुसार अघि बढाइएको जानकारी दिए ।

बैंकले शुरु गरेको दिगो बैंकिङको योजना दीर्घकालीन सोचमा आधारित रहेको उल्लेख गर्दै उनले यसमार्फत् कार्बन उत्सर्जन कम गर्न, हरित प्रविधिमा लगानी गर्न र सामाजिक र आर्थिक विकासलाई प्रवद्र्धन गर्ने परियोजना अगाडि बढाउन सहयोग पुग्ने उनले बताए । 

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले सम्पूर्ण ग्राहक, कर्मचारी, नियामक, सरकारी निकाय, शेयरधनी लगायत सरोकारवालाले दिएको साथ र सहयोगका लागि धन्यवाद दिए । बैंकले ४० वर्ष पुगेको अवसरमा आगामी ४० दिनसम्म दिगो विकाससम्बन्धी जनचेतना जगाउने उदेश्यले विभिन्न कार्यक्रम आयोजना गर्ने समेत उनले जानकारी दिए । त्यसका लागि आगामी ४० दिनमा साइकलिङ, प्रभातफेरी, ‘चार दशक नेपालको’ यात्रा झल्काउने तस्बिर प्रदर्शनी लगायतका कार्यक्रम तय भएको उनको भनाइ थियो । 

कार्यक्रममा नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिंगर हाम्डीले दिगो विकासका लक्ष्य प्राप्तकालागि ठूलो लगानी आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि नबिल जस्ता बैंकले लगानी गर्नु पर्नेमा जोड दिइन् ।

‘दिगो विकासका लक्ष्य पूरा गर्नका लागि विश्वका लागि प्रत्येक वर्ष ४ ट्रिलियन डलर आवश्यक पर्छ, जुन कोरोना महामारी अघि वार्षिक २.५ ट्रिलियन डलर आवश्यक पर्ने अनुमान थियो’, उनले भनिन्, ‘नेपालको हकमा २३ अर्ब डलर आवश्यक भएको र प्रत्येक वर्ष ६ अर्ब डलर अपुग छ, जुनकुल जीडीपीको ११ प्रतिशत हो ।’

उनले नेपालले दिगो विकासका लक्ष्य पूरा गर्नका लागि ठूलो लगानी आवश्यक भएको र नबिल बैंकले दिगो विकासका क्षेत्रमा ठूलो लगानी बढाउन सक्ने समेत धारणा व्यक्त गरिन् । उनले बैंकको काम आर्थिक कारोबार मात्रै नभएको बरु पर्यावरण जोगाउने जिम्मेवारी समेत भएकाले त्यसतर्फ आफ्ना कार्यक्रम र सेवाप्रवाहलाई केन्द्रित गर्न सुझाव दिइन् ।

ताजा खबर

सम्बन्धित खबर