२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

माछापुच्छ्रेको डीसीईओ बने अर्याल

ADV
मध्यान्ह
२०८१ असार २८ गते २१:४३
माछापुच्छ्रेको डीसीईओ बने अर्याल

काठमाडौं : प्रसिद्ध राज अर्याल माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका छन् । बैंकको असार २७ गते बसेको सञ्चालक समिति बैठकले साउन १ बाट लागु हुने गरी अर्याललाई डीसीईओ बनाएको हो । यसैगरी साउन १ देखि नै लागू हुने गरी सुभाष जमरकटेल बैंकको नायब महाप्रबन्धक (डीजीएम) पदमा बढुवा भका छन् ।

काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासन संकायमा स्नातकोतर गरेका अर्यालसँग कर्जा, ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ, शाखा सञ्चालन र लघुवित्त जस्ता विभिन्न बैंकिङ क्षेत्रमा १६ वर्ष भन्दा बढीको अनुभव, ज्ञान र कौशल रहेको छ । अर्याल यसअघि सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा समेतमा रही विभिन्न पदमा कार्य अनुभवी रहेका छन् ।

यसैगरी सन् २०१० देखि आफ्नो बैंकिङ करियर शुरु गरेका जमरकटेल सन् २०११ देखि माछापुच्छ्रे बैंक लि. मा आवद्ध थिए । जमरकटेल लेखा र बैंकिङ क्षेत्रमा विशेषज्ञता भएको उच्च दक्ष र अनुभवी चार्टर्ड एकाउन्टेन्टको रुपमा चिनिन्छन् ।

उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इन्डिया बाट चार्टर्ड एकाउन्टेन्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन तथा कानूनमा स्नातक तहको डिग्री प्राप्त गरेका छन् ।

यसबाहेक उनले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी), थाइल्याण्डबाट बैंकिङ र फाइनान्समा प्रोफेसनल मास्टर्स डिग्री समेत हासिल गरेका छन् । अर्याल र जमरकटेल दुवै आफ्नो बैंकिङ करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise