२०८२ असार २६ गते बिहिवार / Jul 10 , 2025 , Thursday
२०८२ असार २६ गते बिहिवार
Ads

विभत्स हत्या घटनाका अभियुक्त २२ वर्षपछि पक्राउ

shivam cement
नविन श्रेष्ठ
२०८२ असार २५ गते २०:५६
विभत्स हत्या घटनाका अभियुक्त २२ वर्षपछि पक्राउ

सिन्धुली : २२ वर्षअघि दुई जनाको विभत्स हत्या घटनामा फरार रहेका  केदार सिंह थापा अन्ततः पक्राउ परेका छन् । 

उदयपुरको तत्कालीन मयङ्गु गा.वि.स.–६ (हालको कटारी नगरपालिका–१३) निवासी थापा दाङको लमही नगरपालिका–९ स्थित जलकुण्डीबाट पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको हो । 

थापाले २०६० साल पुस ६ गते रातिको समयमा सिन्धुलीको तत्कालीन अरुणठाकुर गा.वि.स.–८ (हालको दुधौली नगरपालिका–१३) निवासी रत्नबहादुर कार्की र उनकी श्रीमती दुर्गामाया कार्कीको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गरेका थिए ।

घटनापछि पीडित पक्षबाट रत्नबहादुर कार्कीका छोरा दुर्गा बहादुर कार्कीले थापाविरुद्ध किटानी जाहेरी दिएका थिए । तर हत्या आरोप लागेका थापा त्यसबेलादेखि नै फरार थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार थापा लामो समयदेखि लुकिछिपि दाङको लमही नगरपालिका–९ मा बस्दै आएका थिए । विशेष सुराकीका आधारमा थापा पक्राउ परेका हुन् । थापामाथि जिल्ला अदालत सिन्धुलीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise