२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

बिजुली बिल बक्यौता विवाद : प्राधिकरणको बिजुली नजोड्ने उद्योगीहरुको घोषणा

Nada
२०८१ असार ३० गते २१:३८
Shares
बिजुली बिल बक्यौता विवाद : प्राधिकरणको बिजुली नजोड्ने उद्योगीहरुको घोषणा

काठमाडौं : बिजुलीको बक्यौता बिल नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरणले ५ वटा उद्योगको बिजुली काटेपछि बक्यौता रहेका भनिएका सबै उद्योगीहरुले समस्या समाधान नभएसम्म बिजुली नजोड्ने घोषणा गरेका छन् । पीडित तथा प्रताडित उद्योगीको नामबाट आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उद्योगीहरुले प्राधिकरणको बिजुली नजोड्ने घोषणा गरेका हुन् ।

ncell

‘उद्योगीलाई अतिरिक्त महसुल तिुर्नको आधार र कारण जानकारी गराउनु भन्दापनि थप उद्योगमा विद्युत आपूर्ति बन्द ग¥यो, जसले गर्दा हामी पीडित तथा प्रताडित उद्योगी समूहले गत असार २७ गते जानकारी गराएअनुसार नै आज (असार ३० गते, आइतबार) बाट स्वतः स्फूर्त क्रमशः सबै उद्योगमा बिजुली आपूर्ति कटौती गर्ने निर्णय गरेका छौँ’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

लाल आयोगले दिएको सुझाव तथा मन्त्रिपरिषद्ले दिएको निर्देशनअनुसार प्राधिकरणले उद्योगीलाई प्रमाण सहित बिल जारी गरेमा महसुल तिर्न तयार रहेको उद्योगीहरुले जनाएका छन् । ट्रंकलाइन र डेडिकेटेड फिडरबाट बिजुली लिएर सञ्चालन गरेका ५ दर्जन बढी उद्योगीको विवाद लामो समयदेखि कायम रहँदै आएको छ । समस्या समाधानको लागि सरकारले पूर्व न्यायाधीश गिरिशचन्द्रलालको नेतृत्वमा जाँचबुझ समिति बनाएर सो समितिले दिएको सुझाव समेत कार्यान्वयन हुन नसक्दा प्राधिकरण र उद्योगीबीचको समस्या थप अगाडि बढ्न सक्ने देखिएको छ ।

ताजा खबर

सम्बन्धित खबर