२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

डिजिटल मार्केटिङबारे जानकारी दिन ‘लर्निङ कर्भ’ आयोजना गरिँदै

ADV
मध्यान्ह
२०८१ जेठ २३ गते २०:४८
डिजिटल मार्केटिङबारे जानकारी दिन ‘लर्निङ कर्भ’ आयोजना गरिँदै

काठमाडौं : विजनेस थ्रि–सिक्स्टी र क्याटलिष्टले समसामयिक व्यवसायका विषयवस्तुहरू अन्वेषण गर्न गतिशील त्रैमासिक पहल ‘लर्निङ कर्भ’ को आयोजना गर्ने भएको छ । 

व्यवसायिक विकासको दर्शनलाई निरन्तर रुपमा अँगाल्दै आएको लर्निङ कर्भले गहन छलफल, विशेषज्ञका इनसाइट्स र उद्योगी व्यवसायीहरूका लागि तयार पारिएका कोलावरेटिभ लर्निंङको लागि मञ्च पनि प्रदान गर्नेछ । यस पहलको उद्देश्य, नयाँ सीप र ज्ञान प्राप्त गर्ने प्रक्रियामा प्राप्त उपलब्धिहरू र चुनौतीहरू पत्ता लगाउँदै, सधैँ विकसित हुँदै गइरहेको व्यापारिक परिदृश्यमा अनुकुलन हुने क्षमतालाई बढावा दिने रहेको छ । 

लर्निङ कर्भको उद्घाटन सत्रको आयोजना ‘व्हाट्स ट्रेन्डिङ : अनलक द फ्युचर अफ मार्केटिङ – ट्रेन्ड्स, एआइ एण्ड डाटा–ड्रिभन स्ट्राटेजिज,’ शिर्षकमा असार २७ गते अर्थात् जुन २७ तारिख दिउँसो साढे १ बजेदेखि साढे ६ बजेसम्म होटल रोयल सिंगी, लाल दरबार, कमलादीमा हुने छ ।

यो विशेष कार्यशाला डिजिटल मार्केटिङको अत्याधुनिक प्रविधिसँग अपडेटेड रहन उत्सुक अग्रगामी सोच भएका प्रोफेसनलहरुको लागि डिजाइन गरिएको छ । सहभागीहरूले डिजिटल ल्यान्डस्केपको गतिशील विकास, उपभोक्ताको कन्टेन्ट कन्जम्प्सन ट्रेन्ड्स र मार्केटिङ रणनीतिहरूमा एआइ र मेसिन लर्निङको परिवर्तनकारी प्रभावका सम्बन्धमा अमूल्य अन्तर्दृष्टिहरू प्राप्त गर्नेछन् । 

ADVADV

सम्बन्धित खबर

Advertise