२०८२ साउन ८ गते बिहिवार / Jul 24 , 2025 , Thursday
२०८२ साउन ८ गते बिहिवार
Ads

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

shivam cement
मध्यान्ह
२०८२ साउन ७ गते १८:४०
बुबाको हत्या अभियोगमा छोरा पक्राउ

सुनसरीः आफ्नै बुबा ६० वर्षीय सबिब अंसारीको हत्या गरेको अभियोगमा देवानगंज गाउँपालिका–३ बस्ने ४० वर्षीय मोहम्मद रियाज अंसारीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जग्गाको विषयलाई लिएर बादविवाद हुँदा मोहम्मदले छुरा प्रहार गर्दा सबिब गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी मोतिटप्पुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

छुरा प्रहारबाट गम्भीर घाइते भएका सबिबको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ADV

सम्बन्धित खबर

Advertise