२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

राष्ट्रिय वाणिज्य बैंकद्वारा एकैदिन ६ शाखा विस्तार

Nada
२०८१ असार ३१ गते १२:०४
Shares
राष्ट्रिय वाणिज्य बैंकद्वारा एकैदिन ६ शाखा विस्तार

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न ६ स्थानमा आइतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । 

ncell

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत एवम् सूचना अधिकारी देवेश प्रसाद लोहनीले सुनसरीको हरिनगरा नगरपालिका–२, भुटाहास्थित शाखा कार्यालय भुटाहा, काठमाडौं महानगरपालिका–२, लाजिम्पाटस्थित शाखा कार्यालय लाजिम्पाटमा आइतबारदेखि शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको जानकारी दिए ।

त्यस्तै, काठमाडौं महानगरपालिका–४, सुकेधारास्थित शाखा कार्यालय सुकेधारा, कास्कीको पोखरा महानगरपालिका– १, हरिचोकस्थित शाखा कार्यालय हरिचोक, रुपन्देहीको तिलोत्तमा नगरपालिका– ५, मणिग्रामस्थित शाखा कार्यालय मणिग्राम र बर्दियाको बढैयाताल गाउँपालिका– ६, मैनापोखरस्थित शाखा कार्यालय मैनापोखर शाखा कार्यालयहरु विस्तार गरी आइतबारबाट कारोबार शुभारम्भ गरेको उनको भनाइ छ । यससँगै बैंकको शाखा कार्यालयको संख्या २९४ पुगेको छ । 

साथै बैंकले आइतबार नै स्याङ्जाको चापाकोट नगरपालिका–१० स्थित इसान बहुप्राविधिक शिक्षालयमा ७३औं एक्स्टेन्सन काउन्टर समेत सञ्चालनमा ल्याएको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३०८ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर