२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

अर्थमन्त्री पौडेलद्वारा पदभार ग्रहण, के गरे पहिलो निर्णय ?

ADV
मध्यान्ह
२०८१ असार ३१ गते १४:५६
अर्थमन्त्री पौडेलद्वारा पदभार ग्रहण, के गरे पहिलो निर्णय ?

काठमाडौं : नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गरेका छन् । सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपप्रधान तथा अर्थमन्त्रीको शपथ लिएलगत्तै उनले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

अर्थमन्त्री पौडेलले सोमबार कार्यभार सम्हाल्दै वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्विकृत गर्ने पहिलो निर्णय गरेका छन् ।‌ ब्लेन्डेड फाइनान्स, ग्रिन क्लाइमेट फन्ड लगायत वैकल्पिक वित्तीय स्रोत प्राप्ति र प्रयोगसम्बन्धी कार्यविधिले ती स्रोत लिन सहज हुनेछ ।

 विकास खर्च गर्नलाई स्रोत खोज्नुपर्ने अवस्था रहेको भन्दै उनले पैसा कम भएकाले विकासमा बाधक बन्नु नहुने बताए । त्यसका लागि हुनसक्ने स्रोतको खोजी गरिने उनले बताए ।

विकासका लागि आवश्यक स्रोतका विकल्पहरु के के हुनसक्छन् त्यसको अध्ययन गरेर अघि बढ्ने उनको भनाइ छ ।

उनले नयाँ सरकारले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने बताए । टुटेको आत्मविश्वास हटाएर जनतामा नयाँ आशा भर्ने नयाँ सरकारको उद्देश्य रहेको उनले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise