काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो । मूल्यवृद्धिपछि पेट्रोलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६८ पुगेको छ ।
सुर्खेत र दाङ वरपर १ सय ७० र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १ सय ७१ पुगेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १ सय ५७ पुगेको छ ।
सुर्खेत र दाङ वरपर १ सय ५९ र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १ सय ६० पुगेको छ । बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागू भएको छ ।