२०८२ साउन १५ गते बिहिवार / Jul 31 , 2025 , Thursday
२०८२ साउन १५ गते बिहिवार
Ads

बागमतीमा ३ मन्त्री नियुक्त, आजै शपथको तयारी

shivam cement
मध्यान्ह
२०८२ साउन १४ गते १०:०५
बागमतीमा ३ मन्त्री नियुक्त, आजै शपथको तयारी

काठमाडौँ : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीन मन्त्री नियुक्त गरेका छन् । लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् ।

लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । माया श्रेष्ठ र गीता गुरूङको जिम्मेवारी भने तोकिन बाँकी छ ।

बागमतीमा कांग्रेसले सम्हालेका पाँच मन्त्रालय मन्त्रीविहीन थिए । गोविन्द लम्साल आन्तरिक मामिला तथा कानुन मन्त्री बनिसकेकाले अझै युवा तथा खेलकुद, संस्कृति तथा पर्यटन, खानेपानी, ऊर्जा तथा सिंचाइ र सहकारी तथा गरिवी निवारण मन्त्रालय नेतृत्वविहीन छन् ।

कांग्रेस संसदीय दलमा बुझाइएको मुख्यमन्त्री लामाको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी सांसद श्रेष्ठले मतदानमा भने मुख्यमन्त्री लामाको पक्षमा उभिएकी थिइन् । उनी र गीता गुरूङ दुई जना चितवनबाट बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने सांसद हुन् । भने गोविन्द लम्साल धादिङ जिल्लाका हुन् ।

बागमतीमा कांग्रेसले सम्हालेको ५ वटा मन्त्रालयमा मन्त्री रिक्त छन् । ९ साउनमा चार जना र १३ साउनमा १ जना मन्त्रीले राजीनामा दिएर लामाविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

मुख्यमन्त्री लामा संसदीय दलबाट हटे पनि आफ्नो पद जोगाउन अझै सांसदहरूलाई आफूतर्फ ल्याउन प्रयत्न गरिरहेका छन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता छान्न आज बैठक बस्ने तयारी छ ।

ADV

सम्बन्धित खबर

Advertise