२०८२ साउन १५ गते बिहिवार / Jul 31 , 2025 , Thursday
२०८२ साउन १५ गते बिहिवार
Ads

बागमती कांग्रेस संसदीय दलको नेतामा बानियाँ र लामाको उम्मेदवारी

shivam cement
मध्यान्ह
२०८२ साउन १४ गते ११:३१
बागमती कांग्रेस संसदीय दलको नेतामा बानियाँ र लामाको उम्मेदवारी

काठमाडौँ : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा दुई जनाको उम्मेदवारी परेको छ ।

प्रदेश सभापतिसमेत रहेका इन्द्र बहादुर बानियाँ र मुख्यमन्त्री बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गरेका हुन् । 

लामाको प्रस्तावकमा तीर्थ लामा र रामकृष्ण चित्रकार रहेका छन् भने समर्थकमा कुन्दन राज काफ्ले र रामकुमार पहाडी छन् । 

यसअघि इन्द्र बानियाँले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । बानियाँको प्रस्तावकमा यांकिला शेर्पा रहेकी छन् भने समर्थकमा कृष्णकुमार तामाङ रहेका छन् ।

कांग्रेस बागमती प्रदेश सभापति एवम् प्रदेश सभा सदस्य बानियाँले संसदीय दलका नेता लामाविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव मंगलबार पारित भएको थियो ।

कांग्रेसका ३७ सांसद मध्ये मंगलबार मुख्यमन्त्री लामाको पक्षमा १५ र बानियाँको पक्षमा २२ जना देखिएका थिए । दलको नेताबाट हटाउने अविश्वासको प्रस्ताव पास भए पनि लामा मुख्यमन्त्री पदमा कायम छन् ।

मतदान आज दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ ।

ADV

सम्बन्धित खबर

Advertise