२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ

shivam cement
२०८२ साउन १४ गते १५:०३
Shares
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ

काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–४ बस्ने ३५ वर्षीय सुजन विक, ललितपुर महालक्ष्मी नगरपालिका–२ बस्ने सर्लाही चक्रघट्टा गाउँपालिका–४ घर भएका ३४ वर्षीय सतेन्द्र अधिकारी, काठमाडौं महानगरपालिका–६ बस्ने सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका–१ घर भएका २६ वर्षीय नविन खड्का र सर्लाही विष्णु गाउँपालिका–७ घर भएका ४१ वर्षीय राज नारायण महतो रहेका छन् । 

पक्राउ मध्ये सुजनले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रूपैयाँ, सतेन्द्रले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९० हजार रूपैयाँ, नविनले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ र राजले कुबेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ लिइ सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुजनलाई काठमाडौं महानगरपालिका–३ बाट र सतेन्द्रलाई काठमाडौं महानगरपालिका–३२ बाट सोमबार तथा नविनलाई काठमाडौं महानगरपालिका(९ बाट र राजलाई कागेश्वरी मनोहरा नगरपालिका–८ बाट मंगलबार पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

सम्बन्धित खबर