२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

टेलिकमले ल्यायो मनसुन अफर

ADV
मध्यान्ह
२०८१ असार ३१ गते २१:३९
टेलिकमले ल्यायो मनसुन अफर

काठमाडौं : नेपाल टेलिकमले आजदेखिदेखि लागू हुने गरी मनसुन अफर ल्याएको छ । नयाँ अफर अन्तरगत अन्तर्गत कम्पनीले विभिन्न सुविधासहितका नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु सञ्चालनमा ल्याउन लागेको हो ।  प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको १ सय ९९ रुपैयाँदेखिका कम्बो प्याकेज ल्याएको हो ।

यसअन्तर्गत १ सय ९९ रुपैयाँमा २ सय मिनेट अल–नेट भ्वाइस र २ जीबी डाटासहितको कम्बो १ सय ९९ प्याक सञ्चालनमा ल्याएको हो । सोही अन्तर्गत कम्पनीले २ सय ९९ रुपैयाँमा ३ सय मिनेट अल–नेट भ्वाइस, ४ जीबी डाटा र २० अन–नेट एसएमएससहितको कम्बो २सय ९९ प्याक र ४सय ९९ रुपैयाँमा ५ सय मिनेट अल–नेट भ्वाइस, ८ जीबी डाटा र १ सय अल–नेट एसएमएस सहितको कम्बो ४ सय ९९ प्याक उपलब्ध गराउनेछ । 

प्रिपेड र पोस्टपेड जुनसुकै मोबाइल प्रयोगकर्ताका लागि सजिलो अनलिमिटेड प्याक अन्तर्गत ६ सय ९९ रुपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस, १५ जीबी डाटा र २ सय अल–नेट एसएमएस सहितको सजिलो अनलिमिटेड ६सय ९९ प्याक सञ्चालन हुनेछ । कम्पनीका अनुसार सजिलो अनलिमिटेड ७ सय ९९, ९सय ९९ र १४ सय ९९ प्याकमा ग्राहकका लागि सुविधा थप गरी उक्त प्याकहरु रहने छन् ।

जसमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताको लागि ३० दिनको समय रहनेछ ।डाटा प्याक अन्तर्गत एक दिनदेखि २८ दिनसम्म समयावधि रहेका २९ देखि ९सय ९९रुपैयाँसम्मका एक जीबीदेखि सय जीबीसम्म रिसोर्ससहितका बिभिन्न आकर्षक डाटा प्याकहरु उपलब्ध हुनेछन् । 

पोस्टपेडमा भने ३ सय ७३ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्याकेज खरिद गर्दा मासिक रुपमा तिनुपर्ने रेन्टल चार्ज पनि प्याकेजमा नै समावेश हुनेछ । कम्पनीले अन–नेट अर्थात् कम्पनीकै नेटवर्कमा कल गर्न सकिने नयाँ प्याकेजहरु, जुनसुकै नेटवर्कमा कल गर्न सकिने गरी अल–नेट प्याकेजहरुका साथै ४९ रुपैयाँमा एक दिनका लागि १ एमबीपीएस अनलिमिटेड डाटा प्याकेज र ५९ रुपैयाँमा अनलिमिटेड अन–नेट भ्वाइस एवं ५ एमबीपीएस सम्मको अनलिमिटेड डाटा सहितको अनलिमिटेड नाइट कम्बो प्याक तथा  १९९ रुपैयाँमा भ्वाइस तथा डाटा सुबिधा सहितको अनलिमिटेड विक्ली कम्बो प्याक पनि ल्याएको हो । यसका साथै कम्बो प्याकेज, अनलिमिटेड प्याकेज लगायतका प्याकेज प्रयोगकर्ताका लागि रिसोर्स समाप्त भएको अवस्थामा सजिलै थप गर्न मिल्ने गरी सहुलियत दरमा एड अन प्याकेजहरु समेत सञ्चालन गर्ने कम्पनीको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise