२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

पटेर्वा सुगौली गाउँपालिकाको नीति तथा कार्यक्रम पारित

ADV
लालबाबु बानिया
२०८१ असार ३१ गते २२:५३
पटेर्वा सुगौली गाउँपालिकाको नीति तथा कार्यक्रम पारित

पर्सा : पर्साको पटेर्वा सुगौली गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित भएको छ । १३ औँ गाउँसभा तथा दोस्रो सभाबाट  वडा नं १ देखि ५ सम्मको बजेट सिलिङ सर्वसम्मत पारित गरिएको हो । 

गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीको अध्यक्षतामा भएको सभामा उपाध्यक्ष ममता महतोले ४९ करोड ११ लाखको अनुमानित बजेट सार्वजनिक गरेकी थिइन् । 

संघीय तथा प्रदेश सरकारको वित्तीय सम्मानिकरण अनुदानबाट १० करोड १२ लाख १५ हजार रुपैयाँ, सशर्त अनुदान अन्तर्गत १८ करोड ८ लाख, विशेष अनुदानतर्फ राजश्व बाँडफाटबाट ९ करोड ६६ लाख ५० हजार, आन्तरिक आयमा २ करोड १५ लाख, सामाजिक सुरक्षातर्फ ९ करोड गरी ४९ करोड ११ लाख रुपैयाँको विनियोजन बजेट सर्वसम्मत पारित गरिएको छ ।  

आगामी आर्थिक वर्षमा गाउँपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न गर्ने, आँखा अस्पताल निर्णाण लगायतका ठूला योजनाहरुमा लगानी गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।  

शिक्षा, स्वास्थ्य, कृषि पर्यटन, विकास, भौतिक निर्माण तथा स्थानीय कला संस्कृतिको विकास एवम् संरक्षण गर्ने योजनाहरुलाई विशेष जोड दिइएको छ । 

कार्यक्रममा प्रमुख प्रसाशकीय अधिकृत देवनाथ साह, वडाअध्यक्ष माधव राउत, विजय गैरे, बासु पंजियार, फरमान मियाँ, विपिन मुखियालगायत कार्यपालिका सदस्य, गाउँपालिका सदस्य, कर्मचारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन शिक्षा प्रमुख शम्भु साहले गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise