२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

नवीकरण नभए असारदेखि देशभरका क्रसर बन्द गर्ने चेतावनी

ADV
मध्यान्ह
२०८१ जेठ २३ गते २२:०२
नवीकरण नभए असारदेखि देशभरका क्रसर बन्द गर्ने चेतावनी

काठमाडौं : सरकारको अव्यवहारिक निणर्यको कारण क्रसर, खानी तथा वालुवा उद्योगको नविकरणमा  नभएको भन्दै क्रसर उद्योगीले तालाचाबी बुझाउने चेतावनी दिएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले क्रसर, खानी तथा वालुवा उद्योगहरुको नवीकरण नभए आगामी असार १ गतेदेखि देशभरका क्रसर, खानी तथा बालुवा उद्योग एवं बिक्री वितरण अनश्चित कालका लागि बन्द गर्ने बताएका छन् । 

यस्तै उनीहरुले क्रसर उद्योगहरुमा भएका गाडी, मेशिनरी औजार, हेवी इक्वीपमेन्ट तथा कार्यरत मजदुरहरु समेत राजमार्गमा राखेर विरोध प्रदर्शन गर्ने महासंघका महासचिव पुरुषोत्तम रेग्मीले बताए । उद्योगीहरुले विगत १० बर्ष देखि निरन्तर क्रसर, खानी तथा वालुवा उद्योगहरुले नविकरण सम्बन्धी समस्या झेल्दै आएको बताएका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise