२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

अभौतिक मुद्राको कारोबारमा संलग्न व्यक्ति पक्राउ

shivam cement
२०८२ साउन १९ गते १७:३५
Shares
अभौतिक मुद्राको कारोबारमा संलग्न व्यक्ति पक्राउ

काठमाडौंः अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ कौशलटार बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–१६ चिसापानी घर भएका २१ वर्षीय सुसान्त दाहाललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  

काठमाडौं महानगरपालिका-१४ कलंकीमा अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । उनले अभौतिक मुद्राको प्रयोग गरी नगद ७८ लाख ३० हजार ३ सय ८८ रूपैयाँ भन्दा बढी रकमको कारोबार गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।  

उनी उपर अभौतिक मुद्राको कारोबार गर्न नहुने सम्बन्धी कसुरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

सम्बन्धित खबर