२०८२ साउन २० गते मङ्गलवार / Aug 05 , 2025 , Tuesday
२०८२ साउन २० गते मङ्गलवार
Ads

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

shivam cement
मध्यान्ह
२०८२ साउन २० गते १५:१२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

काठमाडौंः वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना महिला पक्राउ परेकी छन् । ललितपुरको ललितपुर महानगरपालिका–२ बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका–५ घर भएकी ४८ वर्षीया मिना कुँवरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

मिनाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ लिइ सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर सातदोबाटोबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise