२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

नेपाल एसबिआई बैंक  र फोन पेबीच सम्झौता

ADV
मध्यान्ह
२०८१ जेठ २३ गते २२:०७
नेपाल एसबिआई बैंक  र फोन पेबीच सम्झौता

काठमाडौं : नेपाल एसबिआई बैंक  र फोन पेबीच नेपाल र भारतबीचको सीमापार भुक्तानीलाई सहज बनाउन सम्झौता भएको छ । नेपाल भ्रमणमा आउने भारतीय ग्राहकहरूले अब युपीआइ आबद्ध एपहरू प्रयोगगरी आफुले खरिद गरेका वस्तु तथा सेवाहरूको तत्काल भुक्तानी गर्न सक्नेछन् ।

बैंकले पी टु एम भुक्तानी च्यानल सञ्चालन गर्न फोन पेसँग सम्झौता गरेको हो ।  नेपाल एसबिआईको फोन पे नेटवर्कसँग आबद्ध व्यापारीहरूले नगद लेनदेनको आवश्यकतालाई हटाउँदै भुक्तानीहरू सजिलै स्वीकार गर्न सक्नेछन । सम्झौताले नगदरहित कारोवारलाई प्रवर्द्धन गर्ने र ग्राहकहरूलाई समग्र बैंकिङ अनुभव बढाउने लक्ष्य राखेको छ ।

उक्त सम्झौतापत्र बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा र  फोन पेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले हस्ताक्षर गरे ।

एसबिआई बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १ सय २१ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्व व्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise