२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गर्‍यो वृक्षारोपण र साइकल र्‍याली

ADV
मध्यान्ह
२०८१ जेठ २३ गते २२:११
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गर्‍यो वृक्षारोपण र साइकल र्‍याली

काठमाडौं : आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण तथा साइलक र्‍याली गरेको छ । बुधबार राजधानीमा साइकल र्‍यालीको आयोजना गरी वातावरणलाई स्वच्छ राखौं, हाम्रो धर्ती हाम्रो जीवन, जीवनभर वातावरण मैत्रीकार्यमा हात बढायौं, जस्ता नारा सहित विश्व वातावरण दिवस मनाएको हो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठ, कम्पनीको कर्मचारी, समाजसेवीलगायतको सहभागिता थियो । कर्मचारीहरुले नारायण चौरमा नेपालको झण्डाको साथमा मानव निर्मित कम्पनीको लोगोका साइकल र्‍यालीमा सहभागी भएका थिए ।

उक्त कार्यक्रम सामाजिक क्षेत्रमा कार्य गर्दै आएको लायन्स क्लब अफ काठमाडौं पिस आइडल र स्पार्क ग्रुपको सहकार्यमा सम्पन्न भएको हो । कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं पिस आइडलका अध्यक्ष शिव श्रेष्ठले यस्ता कार्यक्रमहरुले युवा वर्गमा वातावरण संरक्षणसहित स्वस्थ जीवनशैलीतर्फ आकर्षण गर्न मद्दत हुने विश्वास व्यक्त गरे ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise