२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता

ADV
मध्यान्ह
२०८१ साउन १ गते २२:१८
सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता

काठमाडौं : सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

पाटन अस्पतालको परिसरमा आयोजित एक कार्यक्रममा अस्पतालका निर्देशक डा. रवि शाक्य र सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअन्तर्गत आउँदो एक वर्षका लागि सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि पाटन अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ । बैंकले २०७४ सालदेखि विपन्न महिलाहरुको उपचारका लागि पाटन अस्पतालमार्फत् आर्थिक सहयोग गर्दै आइरहेको छ ।

बैंकले प्रत्येक नारी बचत खाता खोलेबापत आफ्नो तर्फबाट मासिक एक रुपैयाँका दरले नारी राहत कोषमा रकम जम्मा गर्दै आएको छ ।

यो कोषमा जम्मा भएको रकम बैंकले देशभरका विभिन्न अस्पतालमार्फत् विपन्न नारीहरुको उपचारमा सहयोग गर्दै आएको छ । देशका सातै प्रदेशमा सानिमा बैंकका एक सय ३३ कार्यालय र एक सय २४ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise