२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

बालकुमारीमा त्रिवेणी मोटोकर्पको ईभी शोरुम

ADV
मध्यान्ह
२०८१ जेठ २३ गते २२:१२
बालकुमारीमा त्रिवेणी मोटोकर्पको ईभी शोरुम

काठमाडौं : त्रिवेणी मोटोकर्पले ललितपुरको बालकुमारीमा डोंगफेगं इलेक्ट्रिक भेहिकल्सको लागि शोरुमको शुभारम्भ गरेको छ । त्रिवेणी गु्रपअन्तर्गत त्रिवेणी मोटोकर्प, चीनको डोंगफेग अटोमोवाईल कम्पनीबाट आधिकारिक वितरक नियुक्त भएपश्चात कम्पनीले इलेक्ट्रिक भेहिकलहरु आयात गरी विक्री वितरण शुरु गरेको हो ।

डोंगफेग अटोमोवाईल कम्पनी चाइनाको ३ ठूला गाडी निर्माता मध्येको एक रहेको र विश्वका ६० देशहरुमा विक्रि वितरण हुने कम्पनीले जनाएको छ । हाल त्रिवेणी मोटोकर्पले सो कंम्पनीका ११ सिट, १४ सिट क्षमताको डोंगफेग इलेक्ट्रिक प्यासेन्जर भ्यानर ४.५ तथा ५.३ घनमिटर क्षमताको कार्गो भ्यानहरु बिक्री वितरण शुरु गरेको छ ।

विजुली गाडीको प्रवद्र्धन मार्फत् वातावरणीय सुधारको क्षेत्रमा योगदानगरी यातायात क्षेत्रमा आवद्ध सवै पक्षको समान लाभको लागीकार्य गर्ने उदेश्य त्रिवेणी मोटोकर्पले लिएको जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise