२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

नेप्से ५४ अंकले बढ्यो

ADV
मध्यान्ह
२०८१ साउन २ गते १६:४७
नेप्से ५४ अंकले बढ्यो

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्रा कायमै देखिएको छ । आज नेप्से परिसूचक ५४ दशमलव ०४ अंकले बढेर दुई हजार तीन सय  ६४ दशमलव ६३ को विन्दुमा कायम भएको हो । 

आज तीन सय छ कम्पनीको तीन करोड २० लाख ९५ हजार नौ सय ३७ किता शेयर एक लाख ४९ हजार छ सय ८१ पटक खरिदबिक्री हुँदा रु १२ अर्ब पाँच करोड ९२ लाख ६६ हजार एक सय १३ बराबरको कारोबार भएको हो । 

आज व्यापार समूहको उपसूचक सबैभन्दा धेरै सात दशमलव ३० प्रतिशतले बढेको छ । आजको कारोबारमा सेन्ट्रल फाइनान्स कम्पनी  लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिटिजन म्युचुअल फन्ड २  को सबैभन्दा धेरै नौ दशमलव ९० प्रतिशतले घटेको हो । 

सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको सबैभन्दा धेरै २३ करोड ५५ लाख ८१ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १२ लाख २९ हजार आठ सय ८४ कित्ता सेयर किनबेच भनेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise