२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

भारतीय चुनावको अर्थ

ADV
२०८१ जेठ २४ गते ०६:३५
भारतीय चुनावको अर्थ

दक्षिणी छिमेक भारतमा सम्पन्न लोकसभा चुनावको नतिजालाई लिएर अनेकथरी टिप्पणी भइरहेको छ । विशेषगरी १० वर्षदेखि सत्ताको नेतृत्व गरिरहेको भारतीय जनता पार्टी (बीजेपी) ले बहुमत पाउन नसक्नुलाई यो चुनावको मुख्य सन्देश भनिदैछ । सन् २०१९ को चुनावमा ५४३ मध्ये ३०३ सिट जितेर अत्याधिक बहुमत ल्याएको बीजेपीले यसपटक २४० सिट मात्र जित्यो । यो संख्याले सरकार बनाउन सकिदैन । भारतमा सरकार बनाउन २७२ सिट खाँचो पर्छ । अर्थात् बहुमतका निम्ति ३२ सिट पुग्दैन । यद्यपि बीजेपी रहेको डीएनए गठबन्धनमा रहेका दलहरुले २९५ सिट जितेको छ । त्यसैले बीजेपीका नेता नरेन्द्र मोदी तेस्रो कार्यकाल प्रधानमन्त्री बन्न सक्नेछन् । गठबन्धनका दलहरुबीच मोदीलाई तेस्रोपटक प्रधानमन्त्री बनाउनेबारे छलफल सुरु भएको छ । यसअघि २०१४ र २०१९ मा बीजेपीको एकल बहुमत रहेकाले मोदीलाई प्रधानमन्त्री बनाउन छलफलको समेत खाँचो परेको थिएन । 

तर यसपटक ४ सय बढी सिट जित्ने दाबी गरेको बीजेपीले सामान्य बहुमत समेत ल्याउन सकेन । बीजेपीको सिट संख्या घट्नुमा यसअघि अत्याधिक सिट जितिरहेको उत्तर प्रदेश जस्ता प्रदेशको नतिजा बदलिनु हो । ८० सिट सहित निर्वाचित हुने उत्तर प्रदेशमा यसपटक समाजवादी पार्टी ३७ सिट सहित पहिलो शक्ति बन्दा बीजेपीले ३३ सिट मात्र जित्यो । ६ सिटमा भारतीय राष्ट्रिय कंग्रेसले जितेको छ । चुनावी नतिजापछि कंग्रेस नेतृत्वको इण्डिया गठबन्धनले उत्साहित प्रतिक्रिया दिएका छन् । उनीहरुले बीजेपीलाई एकल बहुमत जुटाउन रोक्न सक्नुलाई सफलता भनेका छन् । 

यद्यपि नयाँ सरकार दिन पुग्ने सिट नजितेको कंग्रेस सहित इण्डिया गठबन्धनले २३३ सिट जितेको छ । नयाँ सरकार बनाउन नसकेपनि बीजेपीलाई रोक्न सक्नुको पछाडि धर्मको राजनीतिलाई जनताले साथ नदिएको रुपमा विपक्षी गठबन्धनका नेताहरुले दावी गरेका छन् । उत्तर प्रदेशस्थित अयोध्यामा राम मन्दिर पुननिर्माण गरेर धर्मलाई राजनीतिक हतियार बनाइरहेको बीजेपीलाई जनताले रोकेको उनीहरुको तर्क छ । यसले भारतको संविधान र धर्म निरपेक्ष प्रणाली जोगिएको उनीहरुको निष्कर्ष छ । यद्यपि मोदीलाई तेस्रो कार्यकाल प्रधानमन्त्री बनाउने जनमत आउनुमा विपक्षीहरुले सफलता प्राप्त गर्न सकेको अर्थमा बुझ्न सकिदैन । अर्थात् मोदी नेतृत्वमा रहेको राजनीतिक अस्थिरता र विकासको पक्षमा जनमत देखिएको छ । तर हिन्दू राज्यका निम्ति संविधान संशोधनको एजेण्डा अगाडि बढाएको बीजेपीलाई बहुमत भन्दा तल झर्नुको पनि आफ्नै सन्देश छ । 

ADVADV

सम्बन्धित खबर

Advertise