२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

असारमा घरजग्गा कारोबार ह्वात्तै घट्यो

ADV
मध्यान्ह
२०८१ साउन २ गते २०:५४
असारमा घरजग्गा कारोबार ह्वात्तै घट्यो

काठमाडौं : आर्थिक वर्ष ०८०/८१ को अन्तिम महिना अर्थात् असारमा घरजग्गा कारोबार घट्न पुगेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागकाअनुसार गत आवको जेठ महिनाको तुलनामा असार महिनामा घरजग्गा कारोबारमा गिरावट आएको हो । असारमा ४६ हजार १७९ वटा घरजग्गाको लिखत पारित भएको छ, जुन संख्या जेठ महिनाको तुलनामा झण्डै १५ हजारले कमी हो । जेठ महिनाको तुलनामा संख्यात्मक रुपमा कारोबार संख्यामा ठूलो गिरावट आएपनि सरकारले आर्जन गर्ने पुँजीगत लाभकरमा भने कमी आएको छैन ।

जबकी सोही आवको जेठ महिनामा ६१ हजार १६१ वटा घरजग्गाको लिखत पारित भएको थियो । त्यस्तै, सो महिनामा ३० वटा अपार्टमेन्टको लिखत पारित भएको थियो । असार महिनामा ४६ सय ५० वटा नामसारी र ७१ वटा अपार्टमेन्टको लिखत पारित भएको छ । असार महिनामा भएको घरजग्गाको कारोबारबाट सरकारले एक अर्ब ७२ करोड ४७ लाख दुई सय २४ रुपैयाँ पुँजीगत लाभकर आर्जन गरेको छ भने रजिष्ट्रेसन दस्तुरबापत दुई अर्ब ९५ करोड ५३ लाख १२ हजार ३४९ रुपैयाँ रकम संकलन गरेको थियो । गत आवकै जेठ महिनामा भएको घरजग्गाको कारोबारबाट सरकारले एक अर्ब ५६ करोड ८८ लाख ८७ हजार ९३० पुँजीगत लाभकर आम्दानी गरेको थियो भने दुई अर्ब ८१ करोड ९२ लाख ९७ हजार १२५ रुपैयाँ रजिष्ट्रेसन आम्दानी गरेको थियो ।

विभागका अनुसार गत आवको साउन महिनामा २९ हजार २६३, भदौ महिनामा ३५ हजार ६८६, असोज महिनामा ३९ हजार ८८१, कात्तिक महिनामा २६ हजार ४६, मंसिर महिनामा ४१ हजार ८५१, पुस महिनामा ४५ हजार २७५, माघ महिनामा ५० हजार ९२१, फागुन महिनामा ५० हजार ९९८, चैत महिनामा ५० हजार २५२ र वैशाख महिनामा ४९ हजार ७८२ वटा संख्यामा घरजग्गाको लिखत पारित भएको थियो ।

सरकारले गत आवमा भएको घरजग्गा कारोबारबापत साउन महिनामा एक अर्ब तीन करोड ३१ लाख ३२ हजार ७८६, भदौ महिनामा एक अर्ब नौ करोड २९ लाख ४६ हजार ४२९, असोज महिनामा एक अर्ब ५६ करोड ९५ लाख दुई हजार ९०७, कात्तिक महिनामा ७७ करोड नौ लाख १६ हजार २७, मंसिर महिनामा ९६ करोड ४५ लाख चार हजार ८९७, पुस महिनामा एक अर्ब १० करोड नौ लाख ४० हजार ८२, माघ महिनामा एक अर्ब १९ करोड ९६ लाख ७३ हजार ३८३ र फागुन महिनामा एक अर्ब २८ करोड ५० लाख ५८ हजार १७७ रुपैयाँ पुँजीगत लाभकरबापत राजस्व आम्दानी गरेको थियो । त्यस्तै, सरकारले सोही आवको चैत महिनामा एक अर्ब ४६ करोड ९१ लाख सात हजार १४२ र वैशाख महिनामा एक अर्ब ३९ करोड ९० लाख ८४ हजार ४३२ रुपैयाँ घरजग्गाका कारोबारबापत पुँजीगत लाभकर आम्दानी गरेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise