२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

एनसेलको वायरफ्री प्लस सेवामा छुट

Nada
२०८१ साउन २ गते २०:५५
Shares
एनसेलको वायरफ्री प्लस सेवामा छुट

काठमाडौं : एनसेलको संचालनमा रहेको आफ्नो ‘सधैं अन’ योजनामा आधारित भई वायरफ्री प्लस सेवामा आकर्षक अफर ल्याएको छ ।

ncell

यससँगै अब उपभोक्ताले भारी छुटमा बन्डल सेवाका साथै निःशुल्क अल्टिमाको एयरबड र स्मार्टवाच पाउन सक्छन् । वायर फ्री प्लस नवीन प्रविधिमा आधारित वायरलेस इन्टरनेट हो र यसमार्फत् ग्राहकले बिना कुनै झन्झट अनलिमिटेड इन्टरनेट र वाइफाइ कनेक्टिभिटीको फाइदा लिन सक्छन् ।

विशेष गरी घरेलु प्रयोजनका लागि उपयुक्त हुने यो सेवा ग्राहकले दराज, इसेवा, खल्ति, आइएमई पेको प्लेटफर्महरुमार्फत लिन सक्छन् । यसैगरी यो अफरमा सहकार्य गरेको अल्टिमा ब्रान्डको वेबसाइटबाट पनि ग्राहकले सेवाका लागि सदस्यता लिन सक्ने कम्पनीले जनाएको छ । 

सो अफर अन्तर्गत ग्राहकहरुले वायरफ्री सेवाका लागि अर्ध वार्षिक सदस्यता लिँदा ३५ प्रतिशत (दुई हजार ९५) र वार्षिक सदस्यतामा ४२ प्रतिशत (चार हजार नौ सय ८९) छुट पनि पाउँछन् । ६ महिनाका लागि सेवा लिँदा ग्राहकले तीन हजार चार सय ९९ पर्ने अल्टिमाको एयरबड निःशुल्क पाउँछन् भने एक वर्षको सेवा खरिदमा पाँच हजार नौ सय ९९ मुल्य पर्ने अल्टिमाको स्मार्टवाच निःशुल्क पाइन्छ । 

सेवाका लागि अर्ध वार्षिक सदस्यताको शुल्क कर सहित तीन हजार आठ सय ९९ तोकिएको छ भने वार्षिक सदस्यताको शुल्क ६ हजार नौ सय ९९ रहेको छ । यी दुवै प्लान लिँदा ग्राहकले एनसेलको फोरजी राउटर पनि शुल्क पाउने एनसेलले जनाएको छ ।

यो योजनामा ग्राहकले दुई वटा सिमकार्ड समेत पाइने जनाइएको छ । सधैं अन योजना अन्तर्गत सुलभ दरमा पाइने यो वायरलेस इन्टरनेट सेवाले धेरै भन्दा धेरै मानिसलाई इन्टरनेटको पहुँचमा ल्याउने र ग्राहकहरुलाई कनेक्टिभिटीले प्रदान गर्ने अवसरहरुसँग जोड्ने विश्वास एनसेलले लिएको छ ।

ताजा खबर

सम्बन्धित खबर