२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

भरतपुर र धरानमा खुल्यो यामाहाको ब्लु स्क्वायर शोरुम

ADV
मध्यान्ह
२०८१ साउन २ गते २०:५६
भरतपुर र धरानमा खुल्यो यामाहाको ब्लु स्क्वायर शोरुम

काठमाडौं : नेपालको लागि यामाहा मोटरसाईकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेज नेपालले भरतपुर र धरानमा शोरुम सञ्चालनमा ल्याएको छ ।

धरान ब्लु स्क्वायर शोरुम र भरतपुर ब्लु स्क्वायर शोरुम २७ र ३० असारमा उद्घाटन गरिएको थियो । उक्त शोरुमहरु दुई पाग्रे सवारी उद्योग कै सबैभन्दा अत्याधुनिक भएको दाबी गरिएको छ । भरतपुर र धरानमा रहेको शोरुमले यामाहाको विश्वव्यापी नयाँ अवधारणा ब्लु स्क्वायरलाई अबलम्बन गरिएको छ ।

यस शोरुममा ग्राहकले परिष्कृत सेवा अनुभव गर्नुको साथै छिटो र निजीकृत सेवा प्रदान गरिने जानकारी गराईएको छ । यामाहाको ग्राहकले अझ नजिकबाट यामाहा ब्राण्ड र उपलव्धतालाई महसुस गर्न पाउनुको साथै डिजिटल प्रविधि मार्फत क्यूआर कोड स्क्यान गरेर ब्रोसरहरु प्राप्त गर्न सक्नेछन् ।

भविष्यमा यामाहाले यस प्रकारका शोरुमहरु नेपालभर सञ्चालनमा ल्याउने योजना बनाएको छ । ‘हामी नेपालमा हाम्रा यामाहा ब्लु स्क्वायर शोरुम खोल्न पाउँदा अत्यन्तै हर्षित छौं, यी शोरुमहरु पहिलेको तुलनामा ठूला र अत्याधुनिक छन्, यस शोरुमले बाइक प्रेमीहरुलाई यामाहाको उत्कृष्ट प्रविधि युक्त विभिन्न मोटरसाईकल स्कुटर, सहायक उपकरण र पोशाक उपलब्ध गराउने कुरामा हामी विश्वस्त छौँ’, यामाहा नेपालका लागि सीईओ संजीव शुक्लाले भने ।

ADVADV

सम्बन्धित खबर

Advertise