२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सामसङ ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप ६ को बुकिङ खुला

ADV
मध्यान्ह
२०८१ साउन २ गते २०:५९
सामसङ ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप ६ को बुकिङ खुला

काठमाडौं : सामसङ नेपालले नयाँ ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप ६ को प्रि–अर्डर खुला गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप ६ को प्रि–अर्डर खुला भएको घोषणा गरेको हो । कार्यक्रममा सामसङ नेपालका प्रबन्ध निर्देशक इनसु किम, सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापित र श्रृंखला खतिवडाले नयाँ सिरिजको अनावरण गरेका थिए ।

फोल्डेबलका लागि सामसङको निरन्तर आविष्कारले नयाँ ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६ सँग ग्यालेक्सी एआईको अर्को अध्याय खोलेको स्थापितले बताए । फोल्डेबल फोर्म फ्याक्टरलाई एआई–इन्फ्युज्ड कनेक्टेड ग्यालेक्सी इकोसिस्टमसँग मिलाएर नयाँ स्मार्टफोनले प्रयोगकर्तालाई एक आकर्षक अनुभव प्रदान गरेर नयाँ सम्भावनाहरु अन्लक गर्न सशक्त बनाउने उनको भनाइ छ ।

कम्पनीकाअनुसार ग्यालेक्सी जेड फोल्ड ६ र फ्लिप ६, ग्यालेक्सी जेड सिरिजका अहिले सम्मकै सबैभन्दा पातलो र हल्का डिभाइसहरु हुन् । ग्यालेक्सी जेड फोल्ड ६ ले नयाँ कभर स्क्रिन अनुपातको साथ अझै प्राकृतिक बार–टाइप भ्युइङ एक्सपिरिएन्स प्रदान गर्ने कम्पनीले जनाएको छ । नयाँ ग्यालेक्सी जेड सिरिज पहिलेभन्दा धेरै टिकाउ रहेको कम्पनीको भनाइ छ । डुअल रेल हिन्ज संरचनालाई बलियो फोल्डिङ एजले थप बलियो बनाएको र प्रमुख स्क्रिनमा परिस्कृत तहहरुले बल कायम राख्दै क्रिज सुधार गर्न मद्दत गरेको छ ।

ग्यालेक्सी जेड फोल्ड ६ र फ्लिप ६ स्न्यापड्रागन ८ जेन ३ मोबाइल प्लेटफर्मले सुसज्जित रहेको र अहिलेसम्मकै सबैभन्दा उन्नत स्न्यापड्रागन मोबाइल प्रोसेसर, सीपीयू, जीपीयु र एनपीयू कार्यसम्पादनको संयोजन गर्ने कम्पनीले जनाएको छ । दुवैको प्रोसेसर एआई प्रशोधनका लागि अप्टिमाइज गरिएको छ जसले सुधारिएको समग्र प्रदर्शनको साथमा इनहान्स गरिएको ग्राफिक्स प्रदान गर्नेछ ।

ग्यालेक्सी जेड फोल्ड ६ ले ठूलो स्क्रिनलाई अधिकतम बनाउन र प्रयोगकर्ताको उत्पादकत्वलाई उल्लेखनीय रुपमा वृद्धि गर्न एआई–सञ्चालित सुविधाहरु रहेको कम्पनीले जनाएको छ । नोट असिस्ट, कम्पोजर, स्केच टु इमेज लगायतका फिचरले प्रयोगकर्तालाई छुट्टै अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । गुगलसँगको साझेदारीबाट नयाँ ग्यालेक्सी जेड सिरिजमा नयाँ गुगल जेमिनी एप पूर्ण रुपमा एकीकृत भएकोले प्रयोगकर्ताको फोनमा नै आफ्नै एआई–सञ्चालित सहायक उपलब्ध हुने कम्पनीको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise