२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

मिस युनिभर्स नेपाल २०२४ को बैंकिङ पार्टनरमा ग्लोबल आइएमई

ADV
मध्यान्ह
२०८१ साउन २ गते २१:००
मिस युनिभर्स नेपाल २०२४ को बैंकिङ पार्टनरमा ग्लोबल आइएमई

काठमाडौं : मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक बैंकिङ पार्टनरमा ग्लोबल आइएमई बैंक भित्रिएको छ । यस वर्षको मिस युनिभर्स नेपाल २०२४ को आवेदन छनोट प्रक्रिया शुरु भइसकेको छ भने ग्रान्ड फिनाले भाद्रको दोश्रो हप्तातिर हुने भएको छ ।

कार्यक्रमको आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले यस वर्ष ट्रान्सजेन्डर, विवाहित, गैरआवासीय महिलाहरु र डाक्टर, इन्जिनियर, पाइलट लगायत विभिन्न पृष्ठभूमिका व्यक्तिहरुको उत्साहजनक र समावेशी सहभागिता भएको जनाएको छ । 

प्रारम्भिक चरणको आवेदन छनोट प्रकृयामा ६० जनालाई फिजिकल अडिसनको लागि शर्टलिस्ट गरिएको र त्यसबाट ३५ जनालाई प्रशिक्षण दिइने आयोजकले जनाएको छ । यो वर्ष प्रशिक्षणको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षकहरु राखिएको आयोजकले जनाएको छ ।

प्रशिक्षणको लागि एलेक्जेन्डर गोन्जालेज र लुइस पोर्टेलिस रहेका छन् । एलेक्जेन्डर इन्टरन्यासनल इमेज कन्सल्टेन्ट र पेजेन्ट कोरियोग्राफर हुन् भने लुइस पेजेन्ट एनालिस्ट हुन् ।

ADVADV

सम्बन्धित खबर

Advertise