२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

एसबिआईको कञ्चनपुर भन्सार एक्सटेन्सन काउन्टर विस्तार

ADV
मध्यान्ह
२०८१ साउन २ गते २१:०१
एसबिआईको कञ्चनपुर भन्सार एक्सटेन्सन काउन्टर विस्तार

काठमाडौं : नेपाल एसबिआई बैंक लिमिटेडले कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकी, कञ्चनपुरमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टरको विस्तार गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे र कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजनबाबु काफ्लेले संयुक्त रुपमा गरेका थिए । 

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत राजेशकुमार पंडा, प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंक तथा भन्सार कार्यालयका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । उक्त एक्सटेन्सन काउन्टरले व्यवसायी तथा अन्य सेवाग्राहीहरुलाई उनीहरुको वित्तीय/भन्सार सम्बन्धी बैंकिङ सेवाहरुलाई सुव्यवस्थित गर्ने लक्ष्य राखेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise