२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

shivam cement
२०८२ भदौ ३ गते १८:०३
Shares
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

बर्दियाः बाँसगढी नगरपालिका–३ शान्तिपुर बस्ने ६० वर्षीय खिम बहादुर महतको घरमा जुवातास खेलिरहेको अवस्थामा खिम बहादुर समेत १० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ३ सय १५ रूपैयाँ, २ गड्डी तास र मोबाइल ५ थानसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित खबर