ललितपुरः बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गोदावरी नगरपालिका–१३ बस्ने ५५ वर्षीय कृष्ण प्रसाद बजगाईँलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत ललितपुरको २०८१ फागुन ६ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १ करोड रूपैयाँ जरिवाना र १ महिना कैद सजाय ठहर भइ फरार रहेको उनलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले गोदावरी नगरपालिका–१३ झरूवारासीबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएको छ ।