२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

shivam cement
२०८२ भदौ ४ गते १८:२९
Shares
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

ललितपुरः बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गोदावरी नगरपालिका–१३ बस्ने ५५ वर्षीय कृष्ण प्रसाद बजगाईँलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत ललितपुरको २०८१ फागुन ६ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १ करोड रूपैयाँ जरिवाना र १ महिना कैद सजाय ठहर भइ फरार रहेको उनलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले गोदावरी नगरपालिका–१३ झरूवारासीबाट पक्राउ गरेको  हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएको छ । 

सम्बन्धित खबर