२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

कोरिया पठाइदिन्छु भनि १ करोड बढी ठगी गर्ने व्यक्ति पक्राउ

shivam cement
२०८२ भदौ ५ गते १८:१८
Shares
कोरिया पठाइदिन्छु भनि १ करोड बढी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौंः वैदेशिक रोजगारीको लागि कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१ नक्साल बस्ने ताप्लेजुङ सिरीजङ्घा गाउँपालिका–१ घर भएकी ३८ वर्षीया साहारा सुव्वा (थेवे) लाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर, ललितपुर महानगरपालिका–२८ हरिसिद्धिबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले हाल सम्म ९ जना पीडितहरूबाट कोरिया पठाइदिन्छु भनि १ करोड ८ लाख ३० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

सम्बन्धित खबर