२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

स्रोत नखुलेको नगदसहित २ जना पक्राउ

shivam cement
२०८२ भदौ ६ गते १२:४१
Shares
स्रोत नखुलेको नगदसहित २ जना पक्राउ

पर्साः वीरगंज महानगरपालिका–२ घुसुकपुर ईदगाह चोकबाट स्रोत नखुलेको नगद १४ लाख १३ हजार ५ सय रूपैयाँसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–२ घुसुकपुर बस्ने ३९ वर्षीय संजय कुमार साह र बारा महागढीमाई नगरपालिका–४ बगडमपुर बस्ने ४१ वर्षीय शनि कुमार ठाकुर रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले बीआर ०५ एबि ७७६१ नम्बर र प्रदेश २–०३–००२ प ५५४४ नम्बरका मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित खबर