२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

तिंकरनाका खुलेसँगै व्यापारीको चहलपहल बढ्यो

ADV
मध्यान्ह
२०८१ साउन ३ गते ११:३५
तिंकरनाका खुलेसँगै व्यापारीको चहलपहल बढ्यो

दार्चुला : नेपाल–चीन सीमानाका तिंकर आवागमनका निम्ति खुलेसँगै सिमाक्षेत्र वरपर व्यापारीको चहलपहल बढेको छ । 

बुधबार व्यास गाउँपालिका–१ छाङ्रुका १५ र तिंकरका १२ गरी २७ जना व्यापारी उक्त नाका हुँदै चीनको स्वशासित क्षेत्रतर्फ प्रस्थान गरेका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । 

चीन प्रवेशका लागि दार्चुलाका एक सय ८७ जनाले अनुमति लिएका छन् । कोरोनाकालदेखि बन्द रहेको तिंकरनाका हालै खुलेको हो । नाकामा अन्य स्थानीय व्यापारी र चिनियाँ नागरिकबीच स्थानीय उत्पादन तथा दैनिक उपभोग्य सामग्री खरिदबिक्री भएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise