२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

नक्कली सुनलाई सक्कली सुन भनी ठगी गर्ने व्यक्ति पक्राउ

shivam cement
२०८२ भदौ ९ गते १३:४४
Shares
नक्कली सुनलाई सक्कली सुन भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौंः नक्कली सुनलाई सक्कली सुन भनी ठगी गरेको अभियोगमा सोलुखुम्बु दुधकुण्ड नगरपालिका–१ टाक्सिण्डो बस्ने ३३ वर्षीय लाक्पा शेर्पालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित क्वालिटी क्याफेमा अवैध सुनको खरीद बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई सुन जस्तो देखिने धातु १ किलोग्रामसहित पक्राउ गरेको हो । 

साथै उक्त सुन जस्तो देखिने धातुको परीक्षण गर्दा सुन नभई सुन जस्तो भान पारी लाक्पाले विभिन्न व्यक्तिहरूलाई झुक्यानमा पारी ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

सम्बन्धित खबर