२०८२ भदौ ९ गते सोमवार / Aug 25 , 2025 , Monday
२०८२ भदौ ९ गते सोमवार
Ads

नियन्त्रित लागुऔषधसहित २ जना पक्राउ

shivam cement
मध्यान्ह
२०८२ भदौ ९ गते १५:४७
नियन्त्रित लागुऔषधसहित २ जना पक्राउ

मकवानपुरः हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट नियन्त्रित लागुऔषध डाइजेपाम १ हजार ९ सय ५० एम्पुल, नोर्फिन १ हजार ९ सय ५० एम्पुल, फेनारगन १ हजार ९ सय ५० एम्पुल र ट्रामाडोल २ सय ४० ट्याब्लेटसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश बहराईच बलाई गाउँ बस्ने ३५ वर्षीय किस्मत अलि र २८ वर्षीय शाहरूख अलि रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले रक्सौलबाट काठमाडौतर्फ आउँदै गरेको वीआर ०१ पिबी १८०२ नम्बरको सुमो जाँच गर्ने क्रममा सुमोमा लुकाई छिपाई ल्याएको उक्त लागुऔषध फेला पारी चालक किस्मत र सुमोमा सवार शाहरूखलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise