२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

आइएमई लाइफ इन्स्योरेन्सले पायो केयर–एनपी ट्रिपल बि प्लस रेटिङ

ADV
मध्यान्ह
२०८१ साउन ३ गते १५:३९
आइएमई लाइफ इन्स्योरेन्सले पायो केयर–एनपी ट्रिपल बि प्लस रेटिङ

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयर–एनपी ट्रिपल बि प्लस’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँदछ ।

कम्पनीले आफ्ना लगानीकर्ताहरु तथा सम्पूर्ण हितकारीहरुको सुरक्षाका निम्ति आफ्ना जोखिमहरुलाई न्यूनीकरण गर्दै लगेको समेत यस रेटिङले थप पुष्टि गरेको इन्स्योरेन्सले जनाएको छ । रेटिङ एजेन्सी केयर नेपालले कम्पनीलाई अघिल्लो वर्ष ‘केयर–एनपी ट्रिपल बि’ रेटिङ गरेको थियो ।

आ.व. २०८०/०८१ को अवधिमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय अवस्था तथा कार्य सञ्चालनमा तुलनात्मकरुपमा दिगोपनको वृद्धिका साथै अन्डरराइटिङ कार्यसम्पादन र लगानीबाट आर्जित नाफाका कारण कम्पनीको  रेटिङ परिमार्जन भएको हो । कम्पनीले निरन्तररुपमा बीमा क्षेत्रको औसत खुद मुनाफाको तुलनामा राम्रो वृद्धि दर हासिल गरिरहेको छ ।

आगामी दिनमा पनि आफ्ना परिसूचकहरु अझ सशक्त गर्दै लैजान कम्पनीले प्रतिबद्धता जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise