२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

मुक्तिनाथले शुरु गर्‍यो अन्तर्राष्ट्रिय क्यूआर भुक्तानी सेवा

ADV
मध्यान्ह
२०८१ साउन ३ गते २१:३१
मुक्तिनाथले शुरु गर्‍यो अन्तर्राष्ट्रिय क्यूआर भुक्तानी सेवा

काठमाडौं : मुक्तिनाथ विकास बैंकले डिजिटल भुक्तानीलाई सहज तथा विस्तार गर्ने क्रममा अन्तर्राष्ट्रिय क्यूआर भुक्तानी सेवा सुचारु गरेको छ । बैंकले फोन–पे सँगको सहकार्यमा यो सेवा शुरु गरेको हो  ।

यो सेवा सुचारु पश्चात भारतीय ग्राहकहरुले भिम र फोन–पे लगाएतका भारतीय भुक्तानी सेवाप्रदायकको माध्यमबाट मुक्तिनाथ विकास बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएको क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने व्यवस्था मिलाईएको छ । 

यस प्रकारको सेवाहरुले भारतीय पर्यटकहरुलाई नगद बोक्ने झन्झट नभई नेपाल र भारतबीचको आर्थिक तथा पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाई नेपालको आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा समेत महत्वर्पूण भुमिका निर्वाह गर्ने अपेक्षा रहेको बैंकले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise