२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास हुन्छ : अर्थमन्त्री पौडेल

Nada
२०८१ साउन ३ गते २१:३४
Shares
अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास हुन्छ : अर्थमन्त्री पौडेल

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल मुलुकमा स्थायित्व कायम गर्नकै लागि २ ठूला दल मिलेर नयाँ सरकार बनेकाले राजनीतिक समीकरणलाई समेत हेरेर आशावादी भइदिन निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

ncell

निजी क्षेत्रका प्रतिनिधिहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री पौडेलले सो बताएका हुन् । ‘प्रधानमन्त्री चौथो पटक भूतपूर्व प्रधानमन्त्रीको फोटो टास्न आउनुभएको होइन, समस्या देखेरै त्यो समाधानका लागि यो सरकार आएको हो’ उनले भने, ‘अब अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास हुनेछ ।’ उनले समस्या मात्र नभई समाधानका लागि निजी क्षेत्रसँग सँगै बसेर छलफललाई केन्द्रित गर्ने समेत बताए । 

सो क्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको बनोबल बढाउनुपर्ने बताए । अहिले बाह्य क्षेत्र उत्साहजनक भएपनि उत्पादनशील र निर्माण क्षेत्र बढी प्रभावित हुँदा आन्तरिक अर्थतन्त्र अझै समस्यामा रहेको उनको भनाइ थियो ।

विगत ३ वर्षदेखि उद्योग ३०–४० प्रतिशत मात्र सञ्चालन भइरहेको र समग्र बजार मागमा संकुचन आउँदा अर्थतन्त्र चलायमान हुन नसकेको अध्यक्ष अग्रवालले बताए । परिसंघले अर्थतन्त्रलाई चलायमान बनाउन समग्र माग बढ्ने नीति लिनुपर्ने, पुँजीगत खर्च बढाउन सुनिश्चितता प्रदान गर्नुपर्नेमा जोड दिएको छ ।

ताजा खबर

सम्बन्धित खबर