२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

Nada
२०८२ भदौ १३ गते १६:१५
Shares
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

काठमाडौंः बैंकिङ कसुर मुद्दाका ३ जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

ncell

पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका–१ सिर्जनानगर बस्ने धनुषा मिथिला नगरपालिका–८ घर भएका ४२ वर्षीया अम्बिका कुमारी रिजाल, काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ आरूबारी बस्ने सर्लाही बरहथवा नगरपालिका–७ घर भएका ३५ वर्षीय बिक्रम कुमार दमाई र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ काडाघारी बस्ने बैतडी पाटन नगरपालिका–६ घर भएका ४३ वर्षीय जय सिंह भण्डारी रहेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बैंकिङ कसुर मुद्दामा विभिन्न अदालतबाट पक्राउ अनुमति प्राप्त भइ फरार रहेका उनीहरूमध्ये अम्बिकालाई भक्तपुर नगरपालिका–१ सिर्जनानगरबाट, बिक्रमलाई काठमाडौं महानगरपालिका–१४ कलंकीबाट र जय सिंहलाई काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट पक्राउ गरेको हो । 

उनीहरूमध्ये अम्बिकालाई जिल्ला प्रहरी परिसर काठमाडौं, बिक्रमलाई प्रहरी वृत्त बौद्ध र जय सिंहलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा थप अनुसन्धान तथा कारवाहीको लागि पठाइएको छ । 

uae

सम्बन्धित खबर