२०८२ कार्तिक ४ गते मङ्गलवार / Oct 21 , 2025 , Tuesday
२०८२ कार्तिक ४ गते मङ्गलवार
Ads

अनलाइनमार्फत ठगी गर्ने व्यक्ति पक्राउ

shivam cement
मध्यान्ह
२०८२ भदौ १३ गते १८:१५
अनलाइनमार्फत ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौंः ठगीमा संलग्न रहेको अभियोगमा काठमाडौं कपन बस्ने काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–८ घर भएका २७ वर्षीय रवि लामालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक संजाल फेसबुक, ह्वाट्सएप, टिकटक लगायतमा नक्कली आईडिको प्रयोग गरी साथी बनाई उपचारमा सहयोग गर्ने, रोजगारी मिलाई दिने जस्ता झुट्ठा आश्वासन देखाई तथा विभिन्न प्रलोभनमा पारी पीडितबाट रकम लिइ ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं चाबाहिल गणेस्थानबाट पक्राउ गरेको हो ।

उनलाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise