२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

एनसेलका खुद्रा बिक्रेता नगेन्द्रले जिते डिस्कभर बाइक

Nada
२०८१ साउन ३ गते २१:३६
Shares
एनसेलका खुद्रा बिक्रेता नगेन्द्रले जिते डिस्कभर बाइक

काठमाडौं : एनसेलका खुद्रा बिक्रेता नगेन्द्रले प्रसाद गणेशले डिस्कभर बाइक जितेका छन् । एनसेलले आफ्ना खुद्रा बिक्रेता र साना पसल गर्ने व्यवसायीहरुलाई प्रोत्साहन तथा सहयोग गर्ने उद्देश्यले संचालन गरेको ‘बिक्रीमा बहार, बिक्रेतालाई उपहार’ योजना अन्तर्गत झापाको झापा गाउँपालिका ५, पन्थपाडामा शिव बाबा किराना संचालन गर्दै आएका नगेन्द्र प्रसाद गणेशले बजाज डिस्कभर बाइक जितेका हुन् ।

ncell

कम्पनीले आफ्नो च्यानल इकोसिस्टमको प्रत्येक तहलाई सशक्त बनाउने प्रतिबद्धता अनुरुप देशभरका खुद्रा विक्रेताहरुलाई प्रोत्साहन र पुरस्कृत गर्ने उदेश्यकासाथ यो कार्यक्रम लागू गरेको थियो ।

बिर्तामोडमा आयोजित एक कार्यक्रम माझ कोशी प्रदेशका लागि एनसेलका प्रादेशिक व्यापार प्रबन्धक अम्बर भट्टाचार्यले नगेन्द्र प्रसाद गणेशलाई १२५ सीसीको उक्त बजाज डिस्कभर मोटरसाइकल हस्तान्तरण गरेका थिए ।

यस कार्यक्रममा सहभागी भएका खुद्रा बिक्रेताहरुले सिम कार्ड र प्याकहरुको बिक्री बापत निश्चित प्वाइन्ट आर्जन गर्ने अवसर पाएका थिए । यसरी आर्जन गरिएको प्वाइन्टहरुको आधारमा उनीहरुले ६५ ईन्च सम्मका स्मार्ट टिभी, स्मार्टफोन, स्मार्टवाच, पावर बैंक र ब्लुटुथ स्पिकरहरु उपहार पाएका छन् ।

ताजा खबर

सम्बन्धित खबर