२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

फुडमाण्डुको स्टुडेन्ट अप्रेन्टिसशिप प्रोग्रामको तेस्रो ब्याच शुरु हुँदै

ADV
मध्यान्ह
२०८१ साउन ४ गते २१:५३
फुडमाण्डुको स्टुडेन्ट अप्रेन्टिसशिप प्रोग्रामको तेस्रो ब्याच शुरु हुँदै

काठमाडौं : नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमाण्डुको स्टुडेन्ट अप्रेन्टिस प्रोग्रामको तेस्रो ब्याच शुरु हुन गइरहेको छ । कार्यक्रम विद्यार्थीको मार्केटिङ तथा आन्ट्रप्रेनर्शिपको ज्ञान र व्यावहारिकता बीचको दूरीलाई कम गर्न डिजाइन गरिएको हो ।

फुडमान्डुले योभन्दा अगाडि सफलतापूर्वक २ ओटा स्टुडेन्ट अप्रेन्टिस प्रोग्राम सञ्चालन गरिसकेको छ भने तेस्रो संस्करण अगस्टको महिनाभरि सञ्चालन गर्ने योजना रहेको  कम्पनिले जनाएको छ ।

कार्यक्रमबारे बोल्दै  फुडमान्डुकी ब्रान्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले कार्यक्रममार्फत् युवा प्रतिभालाई प्रोत्साहन गर्न चाहेको बताइन् । कार्यक्रमले विद्यार्थीलाई व्यावसायिक ज्ञान दिने र उनीहरुको रचनात्मकतालाई प्रोत्साहित गर्ने लक्ष्य राखेको उनको भनाइ छ । एक महिनासम्म चल्ने प्रोग्राममा सहभागी विद्यार्थी हप्ताको तीन दिन फुडमान्डुको कार्यालयमा उपस्थित हुने गरेका छन् । विद्यार्थीले रचनात्मक सोच बढाउने, योजना बनाउने, बजेटिङ, लजिस्टिक र ग्राहक अन्तरक्रिया सम्बन्धी व्यवहारिक अनुभव हासिल गर्दै आइरहेका छन् ।

फुडमाण्डुले आगामी ब्याचको लागि विद्यार्थीको मार्केटिङ र आन्ट्रप्रेनरशीप सम्बन्धी विस्तृत बुझाइ विकास गर्ने योजना बनाएको छ । कम्पनीले ती बुझाइलाई  व्यवहारमा कार्यान्वयन गर्न र नयाँ अडियन्स पत्ता लगाउने कुरामा केन्द्रित रहने बताएको छ । स्टुडेन्ट अप्रेन्टिस प्रोग्रामको तेस्रो ब्याचप्रति इच्छुक विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गर्न निकै उत्साहित रहेको कम्पनीले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise