२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

सामाजिक सुरक्षा कोषले ७.५ प्रतिशतसम्म ब्याजमा सापटी दिने

ADV
मध्यान्ह
२०८१ साउन ४ गते २१:५४
सामाजिक सुरक्षा कोषले ७.५ प्रतिशतसम्म ब्याजमा सापटी दिने

काठमाडौं : सामाजिक सुरक्षा कोषले अधिकतम ७.५ प्रतिशतको ब्याजदरमै सापटी दिने भएको छ । कोषले धितोमा आधारित घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटीमा कोषले लिने ब्याज दर वार्षिक ७.५ प्रशित दिने कोषले निर्णय गरेको छ । कोषले दिने विशेष सापटीमा लिने ब्याज वार्षिक ६.६० प्रतिशत रहेको छ । 

यसले योगदानकर्ताको बृद्धावस्था सुरक्षा योजनामा जम्मा गरेको रकममा कोषले दिने ब्याज वार्षिक ५.५ प्रतिशत दिने निर्णय सामाजिक सुरक्षा कोषले गरेको छ । कोषले धितोमा आधारित सापटीको किस्ता भुक्तानी म्याद नाघेमा लिने हर्जना ब्याज दर वार्षिक एक प्रतिशत मात्रै हुने गरी साउन ३ गते निर्णय गरेको हो । साथै कोषले गरेको यस्तो ब्याजदर चालु आर्थिक वर्ष २०८१÷८२ को लागि लागू हुने जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise