२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

महालक्ष्मीमा क्यूआर कोडबाटै कर्जा आवेदन दिन सकिने

ADV
मध्यान्ह
२०८१ साउन ४ गते २१:५६
महालक्ष्मीमा क्यूआर कोडबाटै कर्जा आवेदन दिन सकिने

काठमाडौं : महालक्ष्मी विकास बैंकले क्युआर कोडबाटै कर्जा आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको छ । आफ्ना सेवा सुविधालाई डिजिटलमैत्री तथा स्वचालित बनाउँदै जाने उद्देश्य अनुरुप यस प्रकारको सेवा शुरुवात गरेको बैंकले जनाएको छ ।

यस अन्तर्गत कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पुर्ण शाखा कार्यालय तथा पत्रपत्रिकामा रहेको क्युआर कोड स्क्यान गरी आवेदन दिन सक्नेछन् । 

ग्राहकले आवदेन गरे पश्चात ग्राहकले रोजेको शाखा कार्यालयबाट कर्जाको सम्पूर्ण कर्जा प्रक्रिया सम्बन्धमा सहजीकरण गर्न सोही शाखा कार्यालयका कर्मचारीले सम्पर्क गर्नेछन् । महालक्ष्मी विकास बैंकले विगत ३० वर्ष देखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise