२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

लक्ष्यभन्दा कम राजस्व संकलन

Nada
२०८१ साउन ५ गते ११:०८
Shares
लक्ष्यभन्दा कम राजस्व संकलन

सिरहा : आन्तरिक राजस्व कार्यालय सिरहाले आर्थिक वर्ष २०८०/८१ मा रु एक अर्ब ८६ करोड ९८ लाख ७८ हजार राजस्व संकलन गरेको छ । कार्यालयले राजस्व संकलनको वार्षिक लक्ष्य रु दुई अर्ब २८ करोड ८३ लाख ३५ हजार पाएको थियो । तर कार्यालयले लक्ष्यभन्दा १९ दशमलव ३१ प्रतिशत कम राजस्व संकलन गरेको छ ।

ncell

आन्तरिक राजस्व कार्यालयले आयकरबाट रु ५७ करोड ६३ लाख ३४ हजार, भाडा आयकरबाट रु एक करोड ९७ लाख ९३ हजार, ब्याजबापत रु एक करोड ४६ लाख ९४ हजार, मूल्य अभिवृद्धि करबापत रु ३८ करोड ७१ लाख ९० हजार तथा अन्तःशुल्कबापत रु ८७ करोड चार लाख ५४ हजार, स्वास्थ्य क्षेत्रबाट रु चार लाख आठ हजार, शिक्षा क्षेत्रबाट रु दुई लाख १६ हजार तथा अन्य क्षेत्रबाट रु सात लाख ९० हजार राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख कर अधिकृत पुण्यप्रसाद रिजालले जानकारी दिए। 

कार्यालयले आव २०७९/८० मा रु एक अर्ब ८२ करोड ३३ लाख ६७ हजार राजस्व संलकन गरेको थियो । गत आवमा कार्यालयको रु दुई अर्ब २३ करोड ४३ लाख ५८ हजार राजस्व उठाउने लक्ष्य थियो । तर ८१ दशमलव ६१ प्रतिशत मात्र राजस्व संलकन गरिएको थियो । उनले भने, “देशभर व्यापार व्यवसायमा गिरावट, व्यापार बन्दलगायत कारणले राजस्व संलकनमा कमी आएको हो । जिल्लामा विकास निर्माणका आयोजनामा चालु आवमा कम भुक्तानी हुँदा मूल्य अभिवृद्धिकरबापत हुने आम्दानी समेत घटेको छ ।” 

गत आवमा मूल्य अभिवृद्धिकरबापत रु ४२ करोड ३५ लाख ५८ हजार राजस्व संलकन भएको थियो भने आव २०८०/८१ मा रु ३८ करोड ७१ लाख ९० हजार संलकन भएको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ का लागि रु दुई अर्ब २८ करोड ८३ लाख ३५ हजार राजस्व संलकनको वार्षिक लक्ष्य पाएको प्रमुख कर अधिकृत रिजालले बताए । 

ताजा खबर

सम्बन्धित खबर