२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

जापानी कम्पनी योकोहामाको टायर नेपालमा

ADV
कृष्णानन्द भट्ट
२०८१ साउन ५ गते २१:१५
जापानी कम्पनी योकोहामाको टायर नेपालमा

काठमाडौं : जापानी कम्पनी योकोहामाको टायर नेपाली बजारमा भित्रिएको छ । अटो पार्टस इन्टरनेशनल (एपीआई)ले जापानी टायर कम्पनी योकोहामाका टायर नेपाल भित्र्याएको हो । नेपालका लागि आधिकारिक बिक्रेता एपीआईले योकोहामाले उत्पादन गरेका टायरहरु बिक्री वितरण गर्नेछ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच योकोहामा टायर नेपाली बजारमा प्रवेश गरेको घोषणा गरिएको थियो । शुक्रबार ‘डिलर मिट’मार्फत् टायरको ‘लन्च’ गरिएको थियो ।

योकोहामा इन्डियाका प्रबन्ध निर्देशक हरिन्दर सिंहले योकोहामा समूहका लागि नेपाल महत्वपूर्ण बजार रहेको भन्दै नेपालको भौगोलिक अवस्था र सडकअनुसार योकोहामाको टायर उपयुक्त र किफायती साबित हुने बताए । नेपालको भूगोलका लागि उपयुक्त टायर योकोहामा रहेको राबी गरेका उनले नेपाललाई विश्वस्तरीय टायर उपलब्ध गराउने प्रतिबद्धता समेत जनाए ।

अटो पाट्र्स इन्टरनेशनल (एपीआई) का प्रबन्ध निर्देशक सगुन कंसाकारले योकोहामासँगको साझेदारीप्रति उत्साह व्यक्त गर्दै नवीनतम र गुणस्तरका लागि विश्व प्रख्यात योकोहामासँग सहकार्य गर्न पाउँदा आफूहरुले सम्मानित महसुस गरेको बताउँदै नेपाली उपभोक्तालाई स्तरीय सेवा प्रदान गर्ने र नेपालको अटोमोबाइल क्षेत्रको विकासमा योगदान गर्ने लक्ष्य आफ्नो रहेको बताए ।

एक सय सात वर्षको इतिहास बोकेको टायर कम्पनी हो योकोहामा ।  सन् १९१७ मा स्थापना भएको यस कम्पनीले उत्कृष्ट टायर बनाउनुका साथै डिजाइन र प्रविधिमा समेत जोड दिने गरेको छ भने विश्वव्यापी रुपमा यसको उत्पादन र बजार विस्तार गर्दै आएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise