२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

उदयपुरमा माटोको ढिस्कोले पुरिँदा महिलाको मृत्यु

Nada
बिन्द्र राई
२०८२ असोज ५ गते २०:५६
Shares
उदयपुरमा माटोको ढिस्कोले पुरिँदा महिलाको मृत्यु

उदयपुर : उदयपुरमा माटोको ढिस्कोले परिँदा एक महिलाको मृत्यु भएको छ । आइतबार त्रियुगा नगरपालिका–३ चाँप बगरटोल बस्ने अन्दाजी २४ वर्षीया रमिला राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ncell

गेरुवाई खोलामा घर लिप्ने प्रयोजनका लागि माटो खन्ने क्रममा अचानक ढिस्को खस्दा उनी पुरिएकी थिइन् । स्थानीयको सहयोगमा उद्धार गरिएको भए पनि घटनास्थलमै उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धानका लागि प्रहरी अधिकृतसहितको टोली खटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

सम्बन्धित खबर